कर्मचारी हाजिर नगराउने धादिङका ५ स्थानीय तहको काटियो अनुदान (नाम सामेत)

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २९, २०७७

धादिङ मंसिर २९ । सङ्घीय सरकारले कर्मचारी हाजिर नगराउने धादिङका पाँच स्थानीय तहको अनुदान रकम कट्टा गरेको छ ।

स्थानीय तहहरूबाट फिर्ता भएका कर्मचारीहरूको साउनदेखि चैत्र मसान्तसम्म ३५ जना कर्मचारीको तलब भत्ताबापतको रकम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले समायोजन भएका तर स्थानीय वा प्रदेशले हाजिर नगराएका कर्मचारीको तलब भत्ता ती तहका लागि प्रदान गरिएको तलब भत्ता बापतको रकम सम्बन्धित अनुदानबाट कट्टा गर्ने निर्णय भए अनुसार कर्मचारीलाई हाजिर नगराउने धादिङका पाँच स्थानीय तहबाट अनुदान रकम काटिएको हो ।

नामावली