धादिङको दुई सहित बाग्मतीका २८ स्थानीय तहले भुमिहिनलाई लालपुर्जा वितरण हुने

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २७, २०७७

धादिङ मंसिर २७ । धादिङको ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिका सहित बाग्मतीका २८ स्थानीय तहले भुमिहिनलाई लालपुर्जा वितरण गर्ने भएका छन् ।

भूमि सम्बन्धि समस्या समाधान आयोगले लालपुर्जा वितरणका लागि धादिङको दुई गाउँपालिका सहित बागमती प्रदेशका २८ वटा स्थानीय तहसँग सम्झौता गरे सँगै लालपुर्जा वितरण वितरण गर्ने भएका हुन् ।

मिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गरेकाहरुको पहिला तथ्यांक पठाएको आधारमा स्थानीय तहसँग सम्झौता गरिएको भूमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले जानकारी दिए ।

सम्झौता भएका स्थानीय तहहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिका, सिन्धुलिको कमलामाइ नगरपालिका, दुधौली नगरपालिका, घ्याङलेख गाउँपालिका, हरिहरपुरगढि गाउँपालिका, गोलन्जोर गाउँपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकासँग आयोगले सम्झौता गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका छन् । रामेछापको खांडादेवी गाउँपालिका र सुनापाती गाउँपालिका, धादिङको ज्वालामुखी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका, जुगल गाउँपालिका र मेलम्ची नगरपालिका, काभ्रेको रोशी गाउँपालिका, बेथान्चोक गाउँपालिका, तिमाल गाउँपालिका र नुवाकोटको तार्केश्वर गाउँपालिकासँग सम्झौता गरेको आयोग अध्यक्ष ज्ञवालीले बताए । सम्झौता पत्रमा आयोगका तर्फबाट आयोगका उपसचिव वसन्तप्रसाद पन्थी र सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुले हस्ताक्षर गरेका छन् ।