धादिङ मंसिर २७ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पस गजुरीको संचालक समितिको अध्यक्षमा चौंथो कार्यकालाका लागि पुन: प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे चयन हुनुभएको छ ।
शुक्रबार सम्पन्न भेलाले राजेन्द्र प्रसाद पाण्डेको अध्यक्ष रहने गरी १३ सदस्य क्याम्पस संचालनक समिति गठन गरेका हो ।
चौथौ कार्यकालको लागि समितिको सदस्यहरुमा पुर्षोत्तमदास श्रेष्ठ, प्रमोदराज रुपाखेती, शुक्ल बहादुर उप्रेती, शोभा चेपाङ, इन्दिरा रेग्मी, पुष्पराज थपलिया, रंगप्रसाद थपलिया, मनोहरदास श्रेष्ठ, भुमिप्रसाद कडेंल, सीता श्रेष्ठ, माधव भण्डारी र विष्णु प्रसाद कोइराला चयन भएका छन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रय अध्यक्ष एवम् कार्यक्रमका विशेष अतिथि लक्ष्मण शर्माले श्रम बजारमा जान सक्ने जन शक्ति उत्पादनमा क्याम्पसले जोड दिनु पर्ने बताउनु भएको क्याम्पस प्रमुख विष्णु कोइरालाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
यस्तै अध्यक्षमा चय भए सँगै सांसद पाण्डेले एक वर्ष भित्रमा क्याम्पसलाई पूर्ण प्रविधि मैत्रि बनाउने र शैक्षिक गुणस्तर चिन्ह प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया पुरा गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।