धादिङ मंसिर २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री बुद्धिमान तामाङ सहित धादिङका ३ पूर्व मन्त्रीहरु खनीयाँबास गाउँपालिका स्थित दार्खा पुगेका छन् ।
खनीयबास गाउँपालिका वडा नम्बर ४ दार्खामा रहेको गणेश कुण्ड माध्यामिक विद्यालयको नव निर्मित भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा पूर्व गृहमन्त्री तामाङ सहित पूर्व कानुन राज्यमन्त्री एवम् नेपाली काँग्रेस धादिङका नेता दिलमान पाख्रिन, पूर्व पर्यटन राज्यमन्त्री एवम् राप्रपा नेता परशुराम तामाङ र पूर्व संसद रामनाथ अधिकारी मंगलबार दार्खा पुग्नु भएको हो ।
जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाईकाद्वारा ६ करोड ५२ लाखको लागतमा बनेको गणेश कुण्ड माध्यामिक विद्यालयको १७ कोठे भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष तामाङले अहिले देशभर राजतन्त्रको नारा उर्लिएको र कम्युनिष्ट सर्वसत्तावादको अन्त्य जनताले चाहेको बताउनु भएको थियो । उहाँले दुई तिहाईको भ्रष्ट कम्युनिष्ट सर्वसत्तावाद अत्य अनिवार्य भएको र त्यसको विकल्पमा राजतन्त्र नै ठिक भएको देशभर देखिएको जुलुसले बताएको समेत बताउनु भएको थियो ।
कार्यक्रमका अर्का विषेश अतिथि पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिनले जनताले कम्युनिष्ट सर्वसत्तावाद वादको विरुद्ध सबैदलहरु एक ठाउँमा उभिनु पर्ने बताउनु भएको थियो । काँग्रेस नेतृत्व गर्न तयार छ । देशभर मंसिर २९ गते विरोध प्रदर्शनको सुरुवात हुन लागेको बताउदै नेता पाख्रिनले उक्त प्रदर्शनमा सहभागिताको लागि आव्हान समेत गनुभएको थियो ।
यस्तै अर्का विशेष अतिथि पूर्व पर्यटन राज्यमन्त्री परशुाम तामाङले कम्युनिष्ट सर्वसत्तावादको विरुद्ध हुने सबै दलको कार्यक्रममा राप्रपाको पूर्ण समर्थन रहने बताउनु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य अशोक तामाङ भएको अध्यक्षतामा भएको उक्त भवन हस्तान्तरण कार्यक्रमको संचालन शिक्षक गोपाल फ्यूवाले संचालन गर्नु भएको थियो ।
फोटोः सन्दिप श्रेष्ठ