
धादिङ मंसिर ६ । पूर्व माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धलेकका सचिवालय सदस्य नलाङका रामबहादुर सिलवालको निधन भएको छ ।
केहि महिना देखि विरामी हुनुभएका ७१ वर्षिय सिलवालको शुक्रबार चितवन स्थित मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।
साविकको नलाङ गाविसमा २०३३ देखि ०३८ सम्म उप-प्रधानपञ्च र २०३८ देखि २०४३ सम्म पधानपञ्च भएर काम गर्नु भएका सिलवाल जनयुद्धकै समयमा माओवादी निकट हुनुभएको थियो ।
नेकपा सिद्धलेक गाउँपालिका वडा न. २ का नेकपा इन्जार्ज, नलाङ मोडेल एकेडेमीका अध्यक्ष, सलाङ साना किसान संचालक समितिका सदस्य समेत रहनु भएको स्व. सिलवाल नलाङको शिक्षा, स्वास्थ्य, खानेपानी, बत्ती र नलाङ बैरेनी-ठाँटी सडकको डिजाइनर समेत हुनुहुन्थ्यो ।