धादिङ मंसिर ५ । धादिङको बेनीघाट रोराङमा रहेको निशुल्क घरका संरक्षक महाजन श्रेष्ठले १४३ थान कपाडा सहयोग स्वरुप कपडाघरलाई प्रदान गर्नुभएको छ ।
सबैलाई खाना र नाना भन्ने नाराका निशुल्क कपडा वितरण गर्दै आएको निशुल्क कपडा घरका संरक्षक समेत रहेको श्रेष्ठले १४३ थान कपाडा सहयोग स्वरुप प्रदान गर्नुभएको हो ।
संरक्षक श्रेष्ठले निशुल्क कपडा घरलाई उपलब्ध गराउनु भएको कपडामा सर्ट १० थान, प्यान्ट १५ थान, ज्याकेट १० थान, ट्राउजर २० थान, टि(सर्ट २१ थान, टप्स २० थान, मोजा १० जोर, गाउन ५ थान, मफलर २ थान, टोपी ६ थान, पछेउरा १ थान, हाफ प्यान्ट ६ थान, साडी सेट १ थान, स्वेटर ८ थान, चौबन्दी चोलो ८ थान छन् ।
नि:शुल्क कपडा घरलाई सहयोग गर्न चाहानेहरुले दिपेश कडेल 9865003195 मा सम्पर्क गर्न सकिने छ ।
- बेनीघाटमा रहेको नि:शुल्क कपडा घरलाई बाँके कोहलपुरबाट कपडा सहयोग
- बेनीघाटको नि:शुल्क कपडा घरबाट दशैंमा २०० भन्दा बढी लाभान्वित
- बेनीघाटको नि:शुल्क कपडा घरलाई रमेश धमला दम्पतीद्वारा १० बोरा लुगा सहयोग
- बेनीघाटको नि:शुल्क कपडा घरलाई काठमाडौंबाट अर्पना श्रेष्ठको सहयोग
- बेनीघाटमा रहेको नि:शुल्क कपडा घरलाई मन्जु पाठकद्वारा सहयोग