मैदीमा १५ शैयाको अस्पताल बन्ने, शिलान्यास मंसिर १५ मा

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १, २०७७

धादिङ मंसिर १ । धादिङको ज्वालामुखी गाउँपालिका अन्तरगत मैदी स्वास्थ्य चौकीलाई स्थरबृद्धि गरि १५ शैयाको अस्पताल बनाईने भएको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठका अनुसार सरकारले १५ शैयाको अस्पताल बनाउन बजेट विनियोजन गरि सकेकोले यहि मंसिर १५ गते भवन निर्माणका लागि शिलान्यास हुनेछ ।

कुल रकम १८ करोड ६ लाख ८२ हजारको लागतमा बन्न लागेको उक्त अस्पतालको भवन निमार्णका लागि ३ करोड २३ लाख ३० हजार निकासा भैसकेको समेत संयोजक श्रेष्ठले बताउनु भयो ।