सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्नु

Avatar photo
Dhadingpost
कार्तिक २०, २०७७

काठमाडौं कार्तिक २० । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्न भनेको छ ।


सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशका लागि दुबै पक्षलाई कात्तिक २६ गते छलफलमा बोलाउँदै तत्काल उक्त पाठ्यक्रम लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवता अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।