
रामचन्द्र थापा
धादिङ कार्तिक २० । धादिङको थाक्रे गाउँ पालिका १ स्थित पृथ्वी राजमार्गको खयर घारीमा ट्रक दुर्घटना हुँदा ३ जना गम्भीर घाईते भएका छन् ।
चितवनबाट काठमाडौ तर्फ भैंसि लिएर जाँदै गरेको ना ५ ख ५७२१ नम्बरको ट्रक बिहिबार दिउँसो १२ बजेर १५ मिनेटमा अनियंत्रित भै खयर घारीमा दुर्घटना भएको हो ।
ट्रक सडकबाट करिब ५० मिटर तल महेश खोलामा खस्दा खस्दा चालक पर्सा जिल्ला बिरगंज मनपा १ घर भएका ४० वर्षिय सेक अलि अक्तर, सह चालक पर्सा जिल्ला बिरगंज मनपा ३२ का ४१ वर्षिय आंनाथ अन्सारी र ३० वर्षिय अलि अन्सारी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा ट्रकमा रहेकोे ९ वटा भैंसी मध्य ५ वटा भैंसी मरेको र ४ वटा भैंसी घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ ।