
काठमाडौं कार्तिक २० । प्रधान मन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विकसित राजनीतिक घटनाक्रमको झनै कडा रुपमा प्रस्तुत हुने संकेत दखाउनु भएको छ ।
बिहीबार बिहान मन्त्रिपरिषद बैठक मन्त्रीहरु सँग छलफल गर्दै विकसित घटनाक्रमको आफूले कडा प्रतिवाद गर्ने बताउनु भएको हो । ‘बाहिर जे-जस्ता गतिविधि भइरहेका छन्, त्यसबारे साथीहरू (मन्त्रीहरू) जानकार नै हुनुहुन्छ, यसको मेरो तर्फबाट कडा प्रतिवाद हुन्छ,’।
एक मन्त्रीका अनुसार बैठकको सुरुमा प्रधानमन्त्रीले प्रष्टरूपमा आफूले यही गर्छु नभने पनि सबै घटनाक्रमको प्रतिवाद गर्ने बताउनु भएको थियो । यद्यपी प्रचण्ड र प्रधान मनत्री बीच छलफल भैरहेको छ ।
