
काठमाडौं कार्तिक १५ । अहिले सत्तारुढ दल नेकपाका दुई अध्यक्षको बोलचाल बन्द भएको छ । यी दुई अध्यक्षको बीचको तिक्तता कर्णालीको मुख्य मत्री हेरफेरको कसरत देखि संघीय सरकारको मन्त्रीमण्डल हेरफेर र राजदुत नियुक्तीका विषयमा भएको मिडियामा आईरहेका छन् ।
तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक केन्द्रिय सदस्य यो विषय सहायक भएको बताउनु हुन्छ । पहिलो विवाद सतहमा जे आएपनि एमसीसी नै थियो, अहिलेको विवाद प्रधानमन्त्री सँग रअ को गोप्य भेटघाट र भारतिय स्थल सेना प्रमुखको नेपाल भ्रमण रहेको ति केन्द्रीय सदस्यको दावी छ ।
नेपाली राजनीतिमा पूर्ण रुपमा भारतिय हस्तक्षप छ । पछिल्लो परिघटना हेर्ने हो भने भारत र अमेरिकाले सैन्य सुरक्षामा सहमती गरे । यो सहमती अनुसार पनि उनीहरुले नेपालको भुगोल रक्षा गर्नुपर्ने सामरिक महत्व बनेको छ । नेपाललाई पनि उनीहरुले आफ्नो अधिनमा राख्न पहिला कुटनीतिक पहल गर्ने र भएन भने बल प्रयोग समेत गर्ने चेतावनी सहित रअ प्रमुखले प्रधानमन्त्रीलाई भेटेको दावी गरिएको छ ।
राजनितिक दृष्टिकोणले हेर्ने हो भने, ०१७ सालमा सेनाको बलमा राजा महेन्द्रले कु गरे, पछि अर्को दरवार हत्याकाण्ड घटाईयो, त्यसैगरी अर्को कु को खतरा मुख्य चुनौतीको संकेत अहिले देखिएको स्रोतको दावी छ । सत्तामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताचुत गर्दा, ओलीले चाल्ने कदम अहिलेको भन्दा खतरा हुन सक्ने समेत नेकपा भित्र चर्चा हुने गरेको छ ।
झण्डै दुई तिहाईको कम्युनिष्ट सरकार नेपालमा छ, त्यो भारत र अमेरिकालाई चुनौती बनी रहेको छ, यसकै कारण नेपालमा सरकार मात्रै हैन दलहरु समेत खिचातानी र अस्तिरतामा देखिन्छन् । यो संकेत अर्को गम्भिर कु हुने खतरा भएको स्रोतको दावी छ ।