बुढीगण्डकी कार्यालयको म्याद थपिँदै

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १२, २०७७

काठमाडौं कार्तिक १२ । बुढीगण्डकी जलविद्युत आयोजनाको काम अन्तरगत मुआब्जा वितरणको काम गर्दै आएको कार्यालयको म्याद एक वर्ष थप्ने तयारी भएको छ ।

गोरखाको गण्डकी गाउँपालिका सिउरेनीटारमा रहेको बुढीगण्डकी वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाइको गत वर्ष थपिएको एक वर्षको म्याद सकिनै लाग्दा फेरी एक वर्ष थप्ने तयारी भएको हो ।

२०७३ सालमा बुढीगण्डकी आयोजना विकास समितिको म्याद सकिएपछि यो इकाइको स्थापना गरिएको थियो । सुरुमा २ वर्षका लागि स्थापना गरिएको कार्यालयले मुआब्जा वितरण र पुनर्बासको काम नसकेपछि २ पटक १र१ वर्षका लागि समय थप भइसकेको छ ।