
काठमाडौं कार्तिक ३ । सिजन मिडिया काठमाडौंद्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ ।
उक्त प्रतियोगीतामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता हुनु भएको छ । उहाँले नेपाली गितमा नृत्य गर्नु भएको थियो भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो हुनु भएको छ । उहाँले नाटक विधामा सहभागी हुनु भएको थियो । त्यसैगरी तृतिय स्थान अनिला वन्तले हात पार्न सफल हुनु भएको छ । उहाँले पनि नृत्य विधामा सहभागी हुनुभएको थियो ।
उक्त कार्यक्रमको निर्णायक मण्डलमा नायक तथा डाइरेक्टर आकास अधिकारी, वरिष्ठ सौन्दर्य विद सिता न्यौपाने, कर्पोरेट चिफ कुमार चालिसे, नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद वाँनिया रहनु भएको थियो ।
नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको सिजन मिडियाले जनाएको छ ।
प्रतियोगिताका विजेताले “मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०” को ताज सहित फ्रिज, द्धितिय हुनेले टिभि र तृतिय हुनेले भ्याकुप क्लीनर प्राप्त गर्नेछन भने ५ जना प्रतियोगीलाई सान्वना पुरस्कार स्वरुप टेवल घडि प्रदान गरिने बताईएको छ ।
