कांग्रेस कार्यकर्ता र प्रहरी बीच झडप, डीएसपी सहित ४० घाईते

Avatar photo
Dhadingpost
अशोज २८, २०७७

धादिङ असोज २८ । सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरी बीच झडप हुँदा डीएसपी सहित ४० जना भन्दा बढी घाईते भएका छन् ।

आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका नेपाली कांग्रेसका नेतारकार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको हो ।

झाडु, प्लेकार्ड सहित काँग्रेस कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय गएका थिए । उनीहरुले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग रोखका छन् ।