
काठमाडौं असोज २७ । कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा दर्ता भएपछि नेकपामा पछिल्लो संकट पैदा भएको थियो ।
मुख्यमन्त्री शाही र नेपाल समूहबीच भएको सहमति अनुसार नेपाल समूहले तीनजना मन्त्री र एक जना संसदीय दलको सचेतक पाउने गरि सहमती भए सँगै प्रधानमन्त्री ओली नीकट यामलाल कँडेलको मुख्यमन्त्री हुने ‘मास्टर प्लान’ तुहिएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतवार १८ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव पेश गरेपछि कर्णालीमा राजनीतिक संकट देखिएको थियो ।