
धादिङ असोज २४ । धादिङ चैनपुर घर भई बेल्जियममा बस्दै आउनु भएका बेल्जियम स्थित सुसी किंगका संचालक काशी दनाईले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने २० परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
सामाजिक अभियान्तको रुपमा परिचित हुँदै गर्नुभएका दनैने गोदाबरी मुलपानी स्थित लालुपाते महिला कृषि समुह र लायन्स क्लब काठमाण्डौ सनराइज मार्फत मजदुरलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।

लायन्स क्लब काठमाण्डौ 325 A2 का फस्ट भाइस गर्भनर केशब पाण्डे आफै उपस्थित भएर मजदुरलाई उक्त खाद्यान्न समाग्री मजदुरहरुलाई हस्तान्त्रण गर्नुभएको थियो ।
