नीलकण्ठ उप प्रमुख सहित ४ जना कोरोना पुष्टि भए सँगै क्रिक रिसोर्टमा आइसोलेसनमा

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २२, २०७७

धादिङ असोज २२ । धादिङको नीलकण्ठ नगरपालिकाका उप प्रमुख सहित ३ जना जनप्रतिनिधि र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि धादिङबेसी स्थित क्रिक रिसोर्टमा आइसोलेसनमा बसेका छन् ।

कोरोना संक्रमण पुष्टि भए सँगै क्रिक रिसोर्टमा आइसोलेसनमा बस्ने ३ जन प्रतिनीधिमा नीलकण्ठ नगारपालिकाका उपप्रमुख, नीलकण्ठ नगरपालिका ३ का वडा अध्यक्ष, नीलकण्ठ नगरपालिका ९ का सदस्य र एक जना कर्मचारी रहेका छन् ।

आइसोलेसनबाट धादिङपोष्ट सँग कुरा गर्दै नीलकण्ठ नगरपालिका ३ का वडा अध्यक्ष होमनाथ रिजालले अहिले स्वास्थ्यमा सुधार भएको बताउनु भएको छ । ज्वरो अहिले कन्टोल मै छ आफु मुटुरोगी भएकोले कोराना संक्रमण पोजेटिभ भयो भन्ने रिपोर्ट आएपछि सुरुमा अलि डर लागेको थियो तर अहिले कोरोना जितिएको फिल भएको छ ।

उप प्रमुखको स्वास्थ्य अवस्थाको विषयमा फोन गदा उहाँले फोन उठाउनु भएन