
धादिङ असोज २० । धादिङमा कोरोना भाईरस (कोभिड १९) को संक्रमितहरुको संख्या दैनिक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टाको कोरोना अपडेटहरु हेर्ने हो भने धादिङमा संक्रमितको संख्या ४९६ जना पुगेको छ, जसमा आज ७ जना थपिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज (मंगलबार) थपिने ७ जनामा नीलकण्ठ नगरपालिका वडा नं ३ की ३० बर्षिया महिला, थाक्रे गाउँपालिका वडा नं १ का ३८ बर्षिय पुरुष, वडा नं ११ का ३७ बर्षिय पुरुष, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का १९ बर्षिय पुरुष, वडा नं ७ का ३४ बर्षिय पुरुष र वडा नं ७ की १४ बर्षिया बलिका र ३५ बर्षिया महिला छन् ।
धादिङ हाल सम्मका संक्रमित मध्य ३ जनाको मृत्यु भएको छ भने ३३२ जना निको भएर घर फर्किसकेका छन् ।