धादिङको बेतिनीमा स्वराज गाडी दुर्घटना, चालकको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २०, २०७७

धादिङ असोज २० । धादिङको नेत्रावती डब्जाेङ गाउँपालिका ५ बेतिनीमा स्वराज गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज गडी मंगलबार दिउँसो १२ बजे दुर्घटना हुँदा एकजनाको मृत्यु र २ जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना प्रश्चात उपचारका लागि धादिङ अस्पताल ल्याईएको घाईते, गंगाजमुना गाउँ पालिका वडा नम्बर ४ का ४० वर्षिय गाडी चालक बेगबहादु तामाङको उपचारको क्रममा मृत्यु भएको थियो ।

घाईतेहरु नेत्रावती डवजोङ गाउँ पालिका वडा नम्बर २ का ५८ वर्षिय राम बहादुर तामाङ र ६४ वर्षिय शेर बहादुर तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गाडी दुर्घटना स्थानबाट ४०० मीटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।