गाेगनपानीमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

Avatar photo
Dhadingpost
सोमवार, अशोज १९, २०७७

धादिङ असाेज १९ । धादिङकाे गल्छी गाउँ पालिका -८ स्थित गोगनपानीमा माेटर साईकल दुर्घटना हुँदा एक जनाकाे घटना स्थल मै मृत्यु भएकाे छ । साेमबार दिउँसाे कच्ची सडकबाट बा ६४ प ६९६४ नम्बरको मोटरसाइकल करिब ५० मिटर तल खसेर दुर्घटना हुंदा मोटरसाईकलकाे पछाडि सवार स्थानीय ६५ वर्षिय हरि बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीलाई उदृढ गर्दै रामचन्द्र थापाले धादिङपाेष्टलाई बताउनु भयाे । उक्त दुर्घटनामा परि माेटरसाईकल चालक ३० वर्षिय राजन बुढाथोकी गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि काठमाडौ स्थित ट्रमा सेन्टरमा लगिएको छ भने मृतकलाई पोस्टमार्टमको लागि गजुरी स्थित स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । निजहरु बाबू छोरा भएको बुझिएको ।