
काठमाडौं असोज १९ । अबैध यौन सम्पर्कबाट जन्मिएको २८ दिनको बच्चा जंगलमा फाल्ने महिला र पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान सल्यान जिल्लाको शारदा नगरपालिका–३ घोरुलाटेको जंगलमा २८ दिने बच्चा फाल्ने आमासहित दुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पक्राउ पर्नेमा शारदा नगरपालिका–३ की आमा ३५ वर्षीया शान्ति परियार शारदा नगरपालिका–२ पानिखोलाको अन्दाजी ३८ वर्षको दान बहादुर भण्डारी छन् ।
प्रहरीका अनुसार जंगलमा फालिएको २९ दिनको बालकको उद्धार गरिएको छ । पक्राउ परेका पुरुष विवाहित भएको र महिलाको सम्बन्ध विच्छेद भइसके छ ।