धादिङमा कोरोना संक्रमित ४६८ पुग्यो आजै थपिए २२ जना

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १६, २०७७

धादिङ असोज १६ । धादिङमा कोरोन भाईरस संक्रमितको संख्या ४६८ जना पुगेको छ, जसमा २२ जना शुक्रबार एकै दिन संक्रमित थपिएका हुन् ।

धादिङको नीलकण्ठ नगरपालिकाका मा मात्रै १५ जना, गल्छि गाउँपालिकाका २ जना, थाक्रेका २ जना, गजुरीका २ जना र बेनिघाट रोराङका १ गरी २२ जनामा संक्रमण शुक्रबार थपभएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको हो ।

आज थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नं ९ की २६ र २६ वर्षिया महिला, २१ र २५ वर्षिय पुरुष, वडा नं ८ की १८ र ४३ वर्षिया महिला, ४८ वर्षिय पुरुष, वडा नं ११ का ३७ वर्षिय पुरुष, वडा नं ३ का २३ र ३३ वर्षिय पुरुष, ४८ वर्षिया महिला, ४३ र ४६ वर्षिय पुरुष, वडा नं ४ का २८ वर्षिय पुरुष, वडा नं ५ का २१ वर्षिय पुरुष छन् ।

यस्तै थाक्रे गाउँपालिका वडा नं ६ का २४ वर्षिया महिला र ३२ वर्षिय पुरुष, गल्छी ६ का २७ र ३६ वर्षिय पुरुष, गजुरी २ का ३४ वर्षिय पुरुष र वडा नं ६ को ५१ वर्षिय पुरुष र बेनिघाट रोराङ ७ का २४ वर्षिया महिला छन् ।