धादिङमा आज ८ जना थपिए सँगै कोरोना संक्रमित ४३५ जना पुग्यो

Avatar photo
Dhadingpost
बुधबार, अशोज १४, २०७७

धादिङ असोज १४ । धादिङमा आज ८ जना थपिए सँगै कोरोना संक्रमणको पुष्टि भएकाहरुको संख्या ४३५ जना पुगेको छ ।

आज थपिएका कोरोना संक्रमितहरुमा थाक्रे गाउँपालिकामा ४ जना, गल्छी गाउँपालिकामा ३ जना र गजुरी गाउँपालिकामा १ जनार रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङमा हाल सम्म संक्रमितहरु मध्य ३ जनाको मृत्यु भैसकेको छ भने २८६ जना निको भएर घर फर्कि सकेका छन् ।