युवा संघको ज्ञापन पत्र विरुद्ध चौतारा माविको विज्ञप्ती

Avatar photo
Dhadingpost
बुधबार, अशोज १४, २०७७

धादिङ असोज १४ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका ३ स्थित सेमजोङमा रहेको चौतारा मावि को विद्यालय व्वस्थापन समिति बारे नेकपा निकट राष्ट्रिय युवा संघ नेत्रवाती डब्जोङ वडा नम्बर ३ ले बुझाएको ज्ञापन पत्र विरुद्ध मंगलबार विज्ञप्ती जारी गरेको छ ।

युवा संघले चौतारा माविको व्यवस्थापन समितिको समयअवधि समाप्त भईसक्दा पनि वैठक बस्ने र निर्णयहरु गर्ने गरेकोले त्यसो नगर्न आव्हान गर्दै ज्ञापन पत्र बुझाएको थियो । त्यसको उत्तरमा विद्यालय प्राशासनले विज्ञप्ती जारी गरेको हो ।

विद्यालयका प्राधनाध्यापक वेगबहादुर तामाङद्वारा हस्ताक्ष्रित विज्ञप्तीमा भनिएको छ, यवस्थापन समितिको समयअवधि समाप्त भएको साँचो हो । लकडाउनका कारण विद्यालय पनि सुचारु छैन भने व्यवस्थापन समितिको समयअवधि सकिएपछि बैठक पनि बसेको छैन गरेका निर्णयहरु वदर व्यवस्थापन समिति सदस्य मै सम्मिलित युवा संघको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति प्रति दुख व्यक्त गर्दछौं ।

विद्यालयले जारी गरेको विज्ञप्ती जस्ताको तस्तैः