
धादिङ असोज १३ । धादिङमा आज कोरोना संक्रमित ३ जना थपिए सँगै संक्रमितको संख्या ४२७ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार आज थपिएका संक्रमितहरुमा नीलकण्ठ नगपालिकामा १ जना, ज्वालमुखि गाउँपालिकामा १ जना र थाँक्रे गाउँपालिकामा १ जना रहेका छन् ।
हाल सम्मका संक्रमित मध्य ३ जनाको मृत्यु भएको छ भने २८५ जना निको भएर घर फर्कि सकेका छन् ।