
काठमाडौं असोज १३ । सर्वोच्च अदालतले ‘चाडबाड, रीतिरिवाज र संस्कृति’का लागि वर्षमा ६ पटक सम्म घरेलु मदिरा उत्पादन पाईने फैसाला गरेको छ ।
अनुमतिविनाको मदिरा उत्पादन रोक्न माग राखी दायर रिट-निवेदन माथि सुनुवाइ सर्वोच्चले घरेलु मदिरा उत्पादन गर्न रोक लगाउन नहुने भन्दै बर्षमा ६ पटक र एक पटकमा ५ लिटर रक्सि र १० लिटर जाँड बनाउन पाउने फैसला गारेको हो ।
न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, गृह, उद्योग वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रहरी प्रधान कार्यालय, आन्तरिक राजस्व विभागलगायत निकायलाई निर्देशनात्मक आदेश दिएको हो ।
मदिरासम्बन्धी नियम २०३३ को नियम ९७० मा कुनै व्यक्तिले निजी प्रयोजनका लागि एकपटकमा पाँच लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन अनुमति लिन नपर्ने उल्लेख छ। त्यस्तो जाँडरक्सी वर्षको ६ पटकभन्दा बढी बनाउन नपाइने, निजी प्रयोजनका लागि रक्सी वा जाँड बनाउने व्यक्तिले सो जाँड वा रक्सी बनाएको सूचना अन्तशुल्क अधिकारीलाई दिनुपर्ने व्यवस्था छ।
