प्रदेशमा प्रहरी समायोजनको बाटो खुल्यो

Avatar photo
Dhadingpost
सोमवार, अशोज १२, २०७७

काठमाडौं असोज १२ । नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी भए स्ँगै प्रहरीलाई प्रदेशमा समायोजन गर्ने बाटो खुलेको छ ।
अध्यादेश जारी भए सँगै उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरलाई केन्द्र मातहत राखेको छ । प्रहरी नायब महानिरीक्षक ९डीआईजी० को कमाण्ड गर्ने महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नाम भने फेरिएर संघीय राजधानी प्रहरी कार्यालय बनेको छ ।

महानगरीय अपराध महाशाखाको नाम पनि संघीय राजधानी अपराध अनुसन्धान कार्यालय भएको छ भने यसका ८ वटा शाखा कार्यालय रहने व्यवस्था छ । सबै कार्यालयमा प्रहरी नायब उपरीक्षक ९डीएसपी० को नेतृत्व रहनेछ ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाका एक अधिकृतका अनुसार महाशाखाको भक्तपुरमा दुई, ललितपुरमा दुई र काठमाडौंमा चार वटा शाखा रहनेछ । हाल रहेका महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त पनि अब संघीय राजधानी प्रहरी कार्यालय र संघीय राजधानी प्रहरी वृत्त बन्ने भएका छन् ।