धादिङमा कोरोना संक्रमित ४२४ पुग्यो, आज थपिए ११ जना

Avatar photo
Dhadingpost
सोमवार, अशोज १२, २०७७

धादिङ असोज १२ । धादिङमा कोरोना भाईरस संक्रमितको संख्या ४२४ जना पुगेको छ, जसमा ११ जना सोमबार थपिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार आज नीलकण्ठ नगरपालिकामा मात्रै ५ जना, थाँक्रे गाउँपालिकामा ४ जना, गजुरी र सिद्धलेक गाउँपालिकामा १-१ जना संक्रमित भएको पुष्टि भएको छ ।

जसमा संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नं ३ का ३४ बर्षिय पुरुष, ३७ बर्षिय महिला, ९,१३ र १४ बर्षिया बालिका, गजुरी गाउँपालिका वडा नं १ का ३० बर्षिय पुरुष, थाक्रे गाउँपालिका वडा नं ११ का ४२ बर्षिय महिला, २३ र ४६ बर्षिय पुरुष र वडा नं ६ की २९ बर्षिय महिला र सिद्धलेक गाउँपालिका वडा नं १ का २८ बर्षिय पुरुष रहेका छन् ।