धादिङमा कोरोना संक्रमित ४१३ पुग्यो, आज एक जनामा संक्रमण पुष्टि

Avatar photo
Dhadingpost
आइतवार, अशोज ११, २०७७

धादिङ असोज ११ । धादिङ जिल्लामा आज (आईतबार) एक २ वर्षिय एक बालकलाई कोरोना संक्रमण भएको पुष्टि भए सँगै संक्रमितको संख्या ४१३ जना पुगेको छ ।

आज संक्रमित हुनेमाा गल्छी गाउँपालिका वडा नं ७ का २ वर्षीय बालकमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङमा अहिले सम्मको संक्रमितहरु मध्य ३ जनाको मृत्यु भएको छ भने २ सय ७० जना निको भएर घर गई सकेका छन् ।