
धादिङ असोज १० । कोरोना भाईरसका कारण लकडाउन सुरु भए सँगै ठप्प रहेको फुटबल खेल लकडाउन खुकुलो भए सँगै धादिङमा असोज १७ गते देखि फुटबल प्रतियोगिता हुने भएको छ ।
लकडाउन पछि धादिङमा पहिलो पटक हुने उक्त फुटबल प्रतियोगिता बेनीघाट रोराङको जोगिमारा युवा क्लवले आयोजना गर्न लागेको हो ।
जोगिमाराको हुक्दी खोलामा हुन लागेको उक्त प्रतियोगितामा एक टिममा ६ प्लस २ जना खेलाडी संख्या हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागि टिमले सामाजिक सुरक्षाको नियम अनिवार्य पालना गर्नु पर्ने र खेल मैदान प्रवेस गर्नु पूर्व अनिवार्य सेनिटाईजर लगाउनु पर्ने नियम बनाईएको समेत आयोजकले जनाएको छ ।
विजेता टिमले १० हजार र उप विजेता टिमलाई ५ हजार सहित कप मेडल र प्रमाण पत्र प्रदान गरिने बताईएको छ ।