
धादिङ असोज ७ । धादिङको सिद्धलेक गाउँपालिका रहेको उपहार महिला कृषि सहकारी संस्थालाई हेफर ईन्टरनेशलन नेपाल र प्रयास नेपाल गाडी सहयोग गरेका छन् ।
एक कार्यक्रममा बीच यी दुई गैर सरकारी संस्था हेफर ईन्टरनेशलन नेपाल र प्रयास नेपालले बुधबार सहकारीका अध्यक्ष अध्यक्ष सुनिता सिलवाललाई गाउँपालिका प्रमुख प्रेमनाथ सिलवालले गाडीको चाबी हस्तान्तरण गर्नुभएको थियो ।
सिद्धलेकको ७ बटै वडा कार्यक्षेत्र रहेको सहकारीमा १ हजार ४ सय शेयर सदस्यहरुको उत्पादन गरेको कृषि तथा मासुजन्य बस्तुको बजारीकरण सहजताको लागि सिद्धलेक गाउँपालिका ,हेफर ईन्टरनेशलन नेपाल र प्रयास नेपाल धादिङको साझेदारीमा संचालित सिदलेक साना किसान सवलिकरण कार्यक्रमको तर्फबाट उपहार महिला कृषि सहकारीलाई गाडी उपलब्ध प्रयास नेपालका निर्देशक दामोदर अर्यालले धादिङपोष्टलाई बताउनु भयो ।
१२ बटा मुलसमूह र ४७ वटा उपहार समुहमा आबद्ध महिलाहरुद्धारा संचालित उपहार महिला कृषि सहकारीका शेयर सदस्यहरुले बिगत ३ बर्ष देखि सिद्धलेक गाउँपालिकाकोे ७ वटै वडामा घाँसखेती प्रर्बधन,बाख्राको खोर सुधार,नश्ल सुधार, बाह्य परजिवीहरुबाट जोगाउन नाम्ले जुकाको औषधी समयमा खुवाउने जस्ता क्रियाकलाप गर्दे व्यवसायिक बाख्रापालनको शुरुवात गरेका छन् ।
अहिले सहकारीमा १ हजार ३ सय ४८ परिवार आबद्ध मध्ये १ हजार २ सय ९५ परिवारले गरी ६ हजार २ सय माउ बाख्रा पालेका छन् । अहिले दशै अवसरमा ५ हजार २ सय ७० वटा खशी बिक्री गर्ने लक्ष्य सहकारीले राखेको छ ।
जस मध्ये २ हजार ५ सय वटा प्रति किलो ५ सय ५० देखि ६ सय जीउँदो बिक्री हुने,१ ह्जार १ सय ८ वटा स्थानीय व्यापारी मार्फत खपत हुने र १ हजार ६ सय ६२ वटा सहकारीमा आबद्ध परिवारले आफैले दशैमा खाने तथ्याङ रहेको छ ।
जिउँदो खसी औषत ३० केजीको ३ हजार ६ सय ८ वटा खसीको को ५ सय ७५ का दरले ६ करोड २२ लाख ३८ हजार रुपैया घरमा खान छुट्याएको खसी १ हजार ६ सय ६२ बाहेकको बिक्री गर्दा कृषकहरुको हात पर्ने प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।