एक हप्ता भित्र विद्यार्थी भर्ना गरि सक्न, मन्त्रालयको निर्देशन

Avatar photo
Dhadingpost
बुधबार, अशोज ७, २०७७

काठमाडौं असोज ७ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको भर्ना एक हप्ताभित्र गरि सक्न निर्देशन दिएको छ ।

शिक्षा सम्बन्धी आकम्मिक कार्ययोजना अनुसार मन्त्रालयले भर्ना हुन बाँकी र स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो साता भित्र भर्ना गरि सक्न निर्देशन गरेकोहो ।

निजी तथा संस्थागत विद्यालयहरूले लिने शूल्क पनि असोज दोस्रो सातासम्म पुनरावलोकन गरिसक्नुपर्ने कार्ययोजना बनेको छ । मन्त्रालयले यसअघि जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा ‘विद्यालयले लिन पाउने शूल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुने’ भनिएको छ ।

विद्यालयहरूले आगामी एकहप्ताभित्र सम्बन्धित पालिकाहरूबाट आफूले लिने शूल्क स्वीकृत गराउनुपर्ने समेत मन्त्रालयले जनाएको छ ।