विवाद गरेपछि नेमारलाई दुई खेलमा प्रतिबन्ध

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २, २०७७

काठमाडौं असोज २ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का फरवार्ड नेमारले खेलमा विवाद गरेपछि रातोकार्ड मा मात्रै सिमित रहेन र २ खेलमा समेत प्रतिबन्ध लगाईएको छ

मार्सेइलीसँग आइतबार भएको खेलमा विवाद गरेपछि रातो कार्ड पाएका उनीमाथि २ खेलमा प्रतिबन्ध गरिएको हो ।

पीएसजीकै डिफेन्डर लेभिन कुर्जावाले ६ खेल खेल्न नपाउने भएका छन् भने लिओनार्दो प्यारेड्सले २ खेल र मार्सेइलीका जोर्डन अमाभीलाई ३ खेलको प्रतिबन्ध लागेको छ ।