धादिङमा कोराना संक्रमित ३४० जना पुग्यो, आज थपिए ७ जना

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १, २०७७

धादिङ असोज १ । धादिङमा बिहिबार ७ जना कोरोना संक्रमितको पुष्टि भए सँगै संक्रमितको संख्या धादिङमा ३४० पुगेको छ ।

बिहिबार बेनिघाट रोराङ गाउँपालिकाका ४ जना. नीलकण्ठ नगरपालिकाका १ जना, सिद्धलेकका १ जना र ज्वालामुखीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जसमा बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का २८,४०,४० बर्षिय महिला र २३ बर्षिय पुरुषमा, नीलकण्ठ नगरपालिका वडा नं ३ का ३५ बर्षिय पुरुष, सिद्धलेक गाउँपालिका वडा नं ५ का ३८ बर्षिय पुरुष, ज्वालामुखी गाउँपालिका वडा नं ३ का ३५ बर्षिय पुरुष रहेका छन् ।

संक्रमित मध्य बिहिबार थप १५ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या २ सय ३१ पुगेको छ ।