धादिङका १२ स्थानीय तहले पाए ५ वेडको अस्पताल बनाउन १०/१० लाख

Avatar photo
Dhadingpost
बुधबार, भदौ ३१, २०७७

धादिङ भाद्र ३१ । धादिङको नीलकण्ठ नगरपालिका बाहेकका १२ वटा स्थानीय तहले ५ बेडको अस्पताल बनाउन १०/१० लाख पाएका छन् ।

अस्पताल नभएका स्थानीय तहलाई तत्काल ५ वेडको अस्पताल बनाउन स्वास्थ्य तथा जन संख्या मन्त्रालयले धादिङका १२ वटा स्थानीय तहलाई १०/१० लाख पठाएको हो ।

धादिङको १२ वटा स्थानीय तह सहित मुलुकभर ६४९ वटा स्थानीय तहले तत्काल ५ वेडको अस्पताल बनाउन समान १०/१० लाख पाएका छन् । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषको संचालन समितिले भाद्र २१ गते गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउँदै मन्त्रालयले उक्त पैसा स्थानीय तहलाई पठाएको हो ।