
धादिङ भाद्र ३१ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि रहेकाले अहिले देशभर सामान्य बदली भई अधिकाँश ठाउँमा वर्षा भैरहेको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । प्रदेश १ र गण्डकी प्रदेश का एक९दुई स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।