
- २५ वर्ष पहिले जमाना अर्कै थियो । समाज र पर्यावरण उत्तिकै रोमाञ्चकारी थिए ।
- पहिलेका मान्छे जतिसुकै गरीवीले गाँजे पनि पाप र अपराधदेखि डराउँथे ।
- समाज विश्वास, सद्भाव र समझदारीमा चलेको थियो । ऐंचोपैंचो, पर्मओर्म, सट्टापट्टा, उधारो, सापटी आदिबाट जागिर नभए पनि सबैको गृहस्थी चलेको थियो ।
- धर्म, संस्कृति,परम्परा, रीतिरिवाज समाजका गहना बनेका थिए ।
- जलवायु परिवर्तनको असर देखिएको थिएन । ग्लोबल वार्मिङ्ले अहिले पर्यावरण विनाश हुँदै गएको छ । इकोसिस्टम विथोलिएको छ ।
- त्याग र कर्तव्य जस्तै श्रमलाई पैसासँग दाँजेर हेरिदैनथ्यो । अहिले मान्छे पैसाको निम्ति जे पनि गर्न तम्सन्छ ।
- गाउँबस्तीहरु युवाविहिन छन् अचेल । पढेका मान्छेहरु गाउँमा श्रम गरेर बस्न चाहदैनन् । पाए जागिर खाने, नपाए विदेश हुइकिने गर्छन् ।
- बाबाआमा गाउँमा र बुहारी नातिनातिना शहरमा बस्छन् धेरैका ।
- उमेर घर्किएपछि विदेशमा हुनेहरु आफ्नै देश फर्कन वाध्य हुनेछन् । तब के गर्लान् उनीहरु ?
- मोबाइल ,ल्याप्टप खेलेर शहरमा बसेर हुर्केका नातिनातिनाहरु पढिसकेर के गर्लान् ? विदेश भासिन्छन् ।
- अर्थमन्त्रीज्यू भन्नुहुन्छ – आयात घटाएर हैन ,निर्यात बढाएर व्यापारघाटा सन्तुलनमा ल्याउछौं । निर्यात बढाउन बातावरण कस्तो हुनुपर्ला त?
- गाउँमा रहेका बाबाआमाहरुलाई लाग्दो हो -अहिल्यैबाट बाँझो रहेको खेतबारीमा छोरानातिले कसरी खेती गर्लान् त !
- तपाइँ पनि कल्पना गर्नुस् त ! २५ वर्षपछि हाम्रो समाज र हाम्रा गाउबस्ती कस्ता होलान् ?
