
धादिङ भाद्र २८ । धादिङ जिल्लामा आईतबार एकै दिन ३१ जनालाई कारोना भाईरसको पुष्टि भएको छ जसमा २८ जना सुरक्षाकर्मी हुन् ।
आज संक्रमित भएको पुष्टि हुनेमा नेपाली सेना ६ नम्बर बाहिनी गल्छीका सुरक्षार्कीहरु २७ जना रहेका छन् भने त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का २४ वर्षिय महिला, ४६ र ४९ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या ३१६ जना पुगेको छ । यी मध्य २ सय जना निको भएर घर फर्कि सकेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।