
धादिङ भाद्र २७ । धादिङ जिल्लामा कोभिड १९ संक्रमितको संख्या २८५ पुगेको छ, जसमा आज ज्वालामुखि गाउँपालिकाका १ जना पुरुषमा कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
धादिङमा अहिले सम्म नीलकण्ठ नगरपालिकामा ८५ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६३ जना, ज्वालामुखी गाउँपालिकामा ३७ जना, धुनीबेसी नगरपालिका १८ जना, गल्छि गाउँपालिकामा १६ जना, थाक्रे गाउँपालिकामा १५ जना, बेनिघाट रोराङमा १० जना, सिद्धलेकमा ९ जना नेत्रावती डबजोङमा ९ जना, गजुरीमा ७ जना, खनियाबासमा४ जना गंगाजमुना गाउँपालिकामा ४ जना, रुविभ्यालीमा २ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ६ गरी २ सय ८५ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
संक्रमित मध्य धादिङमा निको हुनेको कुल संख्या १ सय ७७ रहेको छ ।