धादिङ अस्पतालमा कोभिड शिर्षकमा १ करोड ९४ लाख आयो

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २६, २०७७

धादिङबेसी भाद्र २६ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताललाई यो कोभिड १९ को संकट सुरु भएदेखि अहिले सम्म बागमती प्रदेश सरकारले १ कोरोड ९४ लाख सहयोग गरि सकेको छ ।

धादिङका प्रदेश सांसद तथा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले कोभिड रोकथाम तथा उपचारका लागि नै उक्त रकम प्रदेश सरकारले जिल्ला अस्पताललाई दिएको बताउनु भएको हो ।

धादिङपोष्ट सँग कुरा गर्दै मन्त्री जमकट्टेल भन्नुहुन्छ, प्रदेश सरकारले धादिङ जिल्ला अस्पताललाई ५० सैयाको बनाउने प्रक्रिया अगाडी बढाई सकेको छ । अब जिल्ला अस्पताला रिफर सेन्टर हुँदैन ।

प्रदेशबाट आएको ३ चरण गरेर आएको पैसा कसरी खर्च गर्नुभयो ? भन्ने हाम्रो जिज्ञासामा जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमला भन्नुहुन्छ, पहिलो चरणमा आएको १९ लाख र दास्रो पटक आएको ७५ लाख, स्वास्थ्यकर्मी जोखिम भत्ताको लागि आएको हो । केहि दिन अघि मात्र विनियोजन भएको १ करोडको कार्यविधि नआई सकेको र आफुले मन्त्री सँग अक्सिजन प्लान्टको लागि खर्च गर्ने कि भन्ने राय राखेको बताउनु भयो ।