आज आत्महत्या रोकथाम दिवस

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २५, २०७७

आज विश्व आत्महत्या रोकथाम दिवस । शारीरिक, मानसिक, सामाजिक तथा व्यवहारिक जुन सुकै कारण आफैले आफैलाई समाप्त गर्ने एक जटिक काम पछिल्लो समय निकै बढ्दै गैरहेको छ ।

तथ्यांक हेर्ने हो भने, मुख्य गरि केही गरौं भन्ने उमेरका १५-३० बर्ष उमेर समुहका युवा/युवतीहरु आत्महत्याको बाटो रोजिरहेका छ, भलै अन्य उमेर समुहले पनि आत्महत्या मार्फत आफुलाई समाप्त नपारेका होईनन । दैनिक जसो सन्चार माध्याममा सुनिने यस्ता घटनाले हामी स्वयम्लाई केही न केही रुपमा मानसिक असर गरिरहेको छ ।

WHO को तथ्याङ्क बुझ्ने हो भने, बिश्व भरी हरेक बर्ष ८ लाख भन्दा बढी ले आत्महत्या गर्ने तथ्यांक रहे पनि यो वर्ष यो तथ्यांक बढ्नेमा कुनै शङ्का छैन । त्यसो त अघिल्ला वर्षहरुमा हरेक ४० सेकेन्डमा एक जनाले कुनै नै कुनै तरिकाले आफुलाई समाप्त परेको तथ्यांक हामी सामु प्रस्टै छ । के यो हामी मानव जनको लागि एक कहाली लाग्दो र भयभित अवस्था होईन र ? आखिर किन यो ?

नेपाल पुलिसको तथ्यांक अनुसार कोरोना लकडाउनको बिचमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको छ, जुन अघिल्लो वर्ष दैनिक आत्महत्या गर्नेको संख्या १५ थियो । मृत्यु नै समस्याको समाधान हो त ? बिल्कुल होईन यो त एक इहलिला समाप्ती मात्र हो ।

आफ्नो मनलाई आफैले नियन्त्रण गर्न नसक्नु अनि क्षणिक आबेक, मानसिक बिछिप्तता, सामाजिक अबहेलना, शारिरिक कुण्ठा जास्ता यावत कुराहरु नै आत्महत्याको मुख्य कारक बनिरहेको छ । त्यसो त पछिल्लो समय प्रेमको नाममा हाफ्नो जीवन लिला समाप्त पार्नेहरुको जमात समेत तिब्र हुँदै गैरहेको छ, यो हामी सामाजिक प्राणीको लागि निकै दर्दनाक क्षेण होईन र ?
यो वर्षको सचित्रता हेर्दा अझै कहालिलाग्दो अवस्था देखा परेको छ ।

कोरोना कहरका कारण लामो समय घरको चौघेरामा थुनियर बस्नु पर्ने अबस्था अनि चरम आर्थिक समस्यको कारण मानसिक बिछिप्त भै मृत्युु वरण रोज्नेको जमात ह्वात्तै बढेको छ ।मास्क भित्र हाम्रो मुखाकृतिमा दबियका अनेकौ बितृष्णा, भय र त्रासको कारण पनि यो वर्ष विश्वब्यापी आत्महत्याको दर बढेको छ नै नेपालमा समेत तथ्यांकिय दर उच्च बनिरहेको छ ।हुन पनि मनोसामाजिक समस्या भन्दा ठूलो समस्या अरु के हुन सक्थ्यो ।

अहिलेको महामारी संक्रमण अनि राज्य सत्ताबाट अपेक्षित कदम चाल्न नसक्नु यो वर्ष मृत्युु वर्ण गर्नेको सन्ख्या बड्नुको मुख्य कारक बनिरहेको विभिन्न सन्चार माध्याममा सुनिरहेकै छौ जुन होईन भन्ने अवस्था पनि छैन ।

चैत्रबाट सुरु भएको लकडाउन/ निषेधाज्ञा/बन्दा बन्दी देखि आजको मिति सम्म आईपुग्दा झण्डै २२ सय भन्दा बढिले आत्महत्या गरिसकेका छन । यो सानो देश अनि थोरै जनसंख्या भएको हाम्रो लागि तथ्यान्किय हिसावले कहाली लाग्दो अवस्था होईन र ?

हामी सबैले आत्महत्या समस्याको समाधान बिल्कुल होईन भन्ने कुरा सुक्ष्म रुपमा बुज्नु जरुरी छ । हामी आफ्नो मनका कुराहरु आफै संग गुम्सायर राख्छौं जुन हामी आफैको लागि घातक सिद्ध हुन पनि सक्छ ।

त्यसैले सकारात्मक सोच सहित आफ्ना हरेक कुरा घरपरिवार संग साटासाट गर्ने, समस्या छन भने नडराई सुझाब लिने मनोपरामर्स लगायत मोटिभेस्नल कुराहरु हेर्ने अनि सकेसम्म नियमित ब्यायम गर्ने गर्दा आफ्नो बिछिप्तियको मनलाई आफैले नियत्रण गर्न सघाउ पुग्छ जुन आत्महत्या रोक्ने एक भरपर्दो उपाया पनि हो ।

सामन्य ब्यक्ति देखि ठुला बुद्धिजिवि, व्यावसायिक ब्याक्तित्व कलाकार, राजनितिग्य समेत आत्महत्याबाट अछुतो रहन नसकिरहेको विषम परिस्थितिमा अब हामिले अठोट गर्नु जरुरी छ कि जीवन एक सुनौलो फुल हो यो फुल रुपि बगैचालाई चिमोट्नु आफैमा महा पाप हो ।

अरुको सकारात्मक कुरा सुन्ने र आफ्नो पनि सुनाउने बानि सहित धूम्रपान, मध्यपान तथा अन्य कुनै कुलतमा छौ भने तत्काल बन्द गरौं वा बिस्तारै कम गर्दै जाउ कारण कुलतले पनि मान्छेलाई आत्महत्यामा प्रोत्साहन गरिरहेको हुन्छ ।

आत्महत्याको मुख्य कारण नै दु:ख पिर खेप्न नसक्नु भन्ने गरिन्छ तर दुख त जिवनको एक पाटोनै हो , सबै सुखी हुने हो भने सुखको अनुभूति कस्ले गर्ने , सुख पछिको दुख अनि दुख पछिको सुख जे पनि हुन सक्छ त्यसैले दुखमा हार र सुखमा मात होईन यी दुबै जिवनका एक पाटा हुन भन्ने कुरा बुजौ । अनि सकारात्मक र उर्जाशिल भावका साथ नित्य कर्ममा लाग्ने हो भने तपाईं हाम्रो बिगृयको मन पक्कै बदलिनेछ ।

आर्थिक होस या सामाजिक, भौतिक होस या अभौतिक, संघर्षको हार होस या जित अनि प्रेमका सफलता हुन या असफलता जुन सुकै कारण हुन आत्महत्यालाई प्रोत्साहन गर्ने यस्ता गतिबिधी रोक्ने तपाईं हामिले नै हो । अनि हामी आफै आत्महत्या तर्फ लाग्यौ भने रोक्ने कसले मनन गरौं त एक पटक ! सुन्दर जीवन प्रदान गर्न हाम्री आमाले कति पीडा सहनु पर्यो होला ।

बाबाले कति ठक्कर खानु पर्यो, होला संगै पारिवारिक माहोल तपाईं हाम्रो आगमनले कति खुसी भए होला , सोचौ त ! हामिले उहाहरुको चाह, खुसी र रौनकतालाई साथ दिनु पर्दैन र ? हो हामिले त जिवनको पल पललाई फुलाउनु छ , सार्थक बनाउनु छ त्यसैले जीवन समाप्त पर्ने होईन जीवन कसरी लामो बनाउन सकिन्छ त्यता सोच्नु अपरिहार्य छ आजको दिनमा ।

साचै भन्ने हो भने आत्महत्याको सोच आफू भित्रको दानविय सोचको पराकस्ठा हो । यस्ता सोचलाई त हामिले मनमा राख्ने नै होईन ! जीवन मरण अनि हासो र आँसु नहुदो होत जीवन जीवन नभएर एउटा उजाड मरुभुमी सरहनै बन्ने थियो होला । स्वास रहेसम्म आस भन्ने त उखाननै छ त्यसैले समय र परिस्थितिको विभिन्न काल खण्डमा आउने मानव भित्रको दानविय सोचलाई सकारात्मक बाटोमा परिणत गर्न हरदम प्रयास गरौं ।

एउटा असफल ढोकाबाट अर्को सफल ढोकाको आगमन पनि हुन सक्छ । त्यसैले आफ्नो श्वास र आफै प्रती अटल बिश्वास गर्न सिकौं जुन आत्महत्या जस्तो अत्यन्त दर्दनाक घटना रोक्न पिलर बन्ने निश्चित छ ।

आज बिश्व आत्महत्या रोकथाम दिवसको अवसरमा प्रण गरौं आत्महत्या कायरता अनि जीवन लिला समाप्ति मात्र हो समस्याको समाधान होइन । आजकै दिन बाट संवाद र भावनात्मक बिचार साटासाट गर्ने बानीको सुरुवात गरौं । दृढ बनौ, आत्महत्या रोकौ ।

लेखकः केसी, धादिङ बुढाथुम निवासी हुनुहुन्छ । हालः बैदेशिक रोजगारीको शिलसिलामा युएईमा कायरत हुनुहुन्छ ।