
काठमाडौं भाद्र २३ । काठमाडौंको बल्खुस्थित राजधानी हस्पिटलले नेपाल सरकारले निर्देशन गरे अनुरुपको २० प्रतिशत बेड कोभिडका बिरामीहरूको लागि तयार पारेको छ ।
राजधानी अस्पतालले कोभिडका बिरामीको उपचारका लागि बेड रेडि अवस्थामा राखको छ भने अन्य बिरामीहरूको उपचार सेवामा कुनै असर नपर्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवम् जनरल फिजिसियन डा। रिङ्कु जोशीले बताउनुभयो ।
धादिङका युवा व्यवसायी एवम् समाजसेवी शरद अधिकारीको संचालनमा रहेको यस राजधानी हस्पिटलले जिल्लाबासीका नाताले धादिङका बिरामीका लागि विशेष छुटको व्यवस्था गरिएको बताईएको छ ।
सो अस्पतालमा नसा तथा मानसिक रोग न्युरो सर्जन, जनरल तथा ल्याप्रोस्केपिक सर्जन, मुत्र तथा मृगौला पत्थरी रोग, बाल रोग, चर्म तथा यौन रोग, कार्डियाट्रिक भस्कुलर सर्जन, मुटु रोग, नाक कान घाँटी, स्त्रीरोग, दन्त रोग, पेट तथा कलेजोको रोग, हाड जोर्नी तथा नशा रोगलगायत कोभि–१९ कोरोनाका बिरामीले समेत सेवा पाउने र भिडियो एक्स–रे सेवा जुनसुकै समयमा पनि पनि उपलब्ध हुने व्यवस्था अस्पतालले मिलाएको र चौबिस घण्टा इमर्जेन्सी, एम्बुलेन्स, फार्मेसी र आईसीयु अनि भेन्टिलेटर सुविधासमेत रहेको अस्पतालका प्रशासन प्रमुख रोजी अधिकारीले बताउनुभयो ।
अस्पतालले विपन्न तथा निम्नवर्गीय परिवारलक्षित विभिन्न खाले प्याकेज कार्यक्रम तय गरेको र विपन्न वर्गमा पहुँच पुऱ्याउनका लागि समय–समयमा विभिन्न स्थानमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिआएकोमा हाल शिविर कार्यक्रम स्थगित गरे पनि परिस्थिति सहज भएपछि कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।