
काठमाडौं भाद्र २३ । राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी सागर थापासहितका खेलाडीले खेल मिलेमतो तर राज्यविप्लव नभएको सर्वोच्च अदालतले व्याख्या गरेको छ ।
राष्ट्रिय फुटबल टोलीका तत्कालिन कप्तान सागर थापासहित खेलाडीहरु सन्दीप राई, अञ्जन केसी, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियो डेजिव थापामाथि खेल मिलेमतो गरी राज्यविरुद्धको अपराध गरेको आरोपमा कारबाहीको माग गर्दै मुद्दा दायर भएको थियो । उनीहरुलाई विशेष अदालतले सफाइ दिएको थियो ।
खेलाडीहरुले सफाइ पाउनुमा उनीहरु निर्दोष भएको नभई एकथरी कसुर गरेको देखिए पनि पुष्टि नहुने अर्कोथरी आरोप लगाइएकोले कसुर कायम हुन नसक्ने व्याख्या छ । फैसलाको पूर्ण पाठमा राज्यविप्लवको आरोपमा जन्मकैदको मागदाबी भएको तर उक्त कानुन आकर्षित नहुने विशेष अदालतको फैसला मिलेको पूर्ण पाठमा भनिएको छ ।
सर्वोच्चको फैसलाको पूर्ण पाठको व्याख्या अनुसार खेलाडीहरुले रकम बुझेको समेत ठहर गरिएको छ । जुन महानगरीय प्रहरी अपराध महाशाखाले खेल हार्न रकम लिएको मागदाबीसहितको मुद्दा दायरलाई मानिएको छ । उनीहरुले प्रत्येक खेल हारेवापत प्रतिखेलाडी ५ हजार अमेरिकी डलरसम्म लिने गरेको बैंक स्टेन्टमेन्टमा देखिएको दायर मुद्दामा उल्लेख छ ।
उक्त विषयका सम्बन्धमा त्यतिबेला राज्यविरुद्धको अपराधको कानुन सक्रिय हुने अवस्था नभएको विशेष अदालतको फैसलामा भनिएको थियो । उनीहरु दोषी भएपनि सक्रिय नहुने कानुन अनुसार मुद्दा दायर भएकाले सफाई पाएको अदालतको व्याख्यामा भनिएको छ ।