त्रिपुरासुन्दरी २ मा समुदाय स्तरमा कोरोना फैलिएपछि शिल

Avatar photo
Dhadingpost
आइतवार, भदौ २१, २०७७

धादिङ भाद्र २१ । त्रिपुरासुन्दरी गाउँपालिकाले वडा नम्बर २ मा कोरोना भाईरस समुदाय स्तरमा तिब्र गतिमा फैलिएको भन्दै शिल गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ईटनीले सूचना जारी गर्दै वडा नम्बर २ अन्तरगतका छापगाउँ बेलगाउँ देखि सिकाटार सम्म र आरुघाट क्षेत्र समेतलाई शिल गरिएको बताउनु भएको छ ।

अहिले सम्म त्रिपुरासुन्दरी गाउँपालिका संक्रमितको संख्या ६२ जना पुगि सकेको छ भने आज मात्र ४ जना थपिएका हुन् ।