विप्लव नेता अनिल विरही पक्राउ

Avatar photo
Dhadingpost
आइतवार, भदौ २१, २०७७

धादिङ भाद्र २१ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता अनिल शर्मा ‘विरही’ लाई प्रहरीले पक्राउ गरेको छ ।

उपचारबा लागि भरतपुर अस्पताल जानुभएका विरहीलाई प्रहरीले अस्पतालबाटै पक्रागरेको नेकपाले जनाएको छ ।

भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाइएको छ ।

प्रहरीका अनुसार, धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको हो । विरहीलाई धनुषा नै पठाइने प्रहरीले जनाएको छ ।