
धादिङ भाद्र २० । धादिङको ज्वालामुखी गाउँपालिका ७, तल्लो रामपुरमा रहेको स्थानपति कृषि तथा पशुपालन सहकारी संस्थाले वनकालि कृषक समूहलाई ट्याक्टर सहित विऊ विजन वितरण गरेको छ ।
सहकारीले समुहको अध्यक्ष अम्बिका इटनीलाई ट्याक्टर सहित विभिन्न जातका तरकारीका बिउm बिजन प्रदान गरेको विवेक धरेलले बताउनु भयो ।
सामाग्री हस्तान्तरण कार्याक्रममा सहकारी सस्थाका अध्यक्ष दिपक इटनी, मोतिराम इटनी, रामकृष्ण इटनी, सागर इटनी, बिबेक धरेल लगायतको सहभागिता रहेको थियो ।