परेवाटारमा नहरले बगाएर ६ वर्षिय बालिकाको मृत्यु

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १९, २०७७

धादिङ भाद्र १९ । धादिङको सिद्धलेक गाउँपालिका स्थित परेवाटारमा नहरले बगाएर ६ वर्षिय बालिकाको मृत्यु भएको छ ।

बिहिबार दिउँसो १ बजे नहरले बगाए वगाएपनि २ बजे मात्र बालिकाको शव स्थानीयले फेला पारेका थिए । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आमा बुबा घर भित्र रहेको बेला नहर माथि राखिएको फड्के तररे माथिल्लो घर खेल्न जाने क्रममा लड्दा नहरमा परेको हुन सक्ने अनुमान गएिको छ ।