
धादिङ भाद्र १८ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा जनयुद्धका घाईते शिव गौतम रिहा हुनुभएको छ ।
०७५ साल चैत्र ११ गते पक्राउ पर्नुभएको रत्ननगर नगरपालिका वडा नम्बर १४ निवासी गौतम बुधबार धादिङबेसी स्थित जिल्ला कारागारबाट रिहा हुनुभएको हो ।
१० हजार धरौटीमा अदालतले रिहा गर्न आदेश गरेपनि फेरि पक्राउ पर्ने भएका साथ धरौटी नबुझाए पछि कारागार चलान हुनुभएको गौतम ०५५ सालमा तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा पुर्णकालिन हुनुभएको थियो ।
जनमुक्ति सेनामा रहँदा घाईते पर्नुभएको उहाँ पार्टी विभाजन सँगै विप्लव नेतृत्वको नेकपामा क्रियाशिल हुनुहुन्थ्यो ।