पेट्रोलमा मुल्यवृद्धि, प्रति लिटर रु. १०७

Avatar photo
Dhadingpost
भदौ १७, २०७७

काठमाडौं भाद्र १७ । पेट्रोलको मुल्य वृद्धि भएको छ । नेपाल आयल निगमले मङ्गलबार मध्यरातिबाट लागू हुने गरी प्रतिलिटर रु २ का दरले मुल्यवृद्धि गरेको हो ।

मुल्यवृद्धिसँगै काठमाडौं उपत्यका लगायत देशका अधिकांश भागमा पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ । प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएकोमा निगमले इन्डियन आयल कर्पोरेशनले आज पठाएको खरिद मूल्य अनुसार मुल्यवृद्धि गरेको हो ।