कोरोनाको कारण भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १६, २०७७

नयाँ दिल्ली भाद्र १६ । कोरोना भाईरसको संक्रमणबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ ।

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्चारसंस्थाहरुले जनाएका छन् । पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो । उनको फोक्सोमा संक्रमण भएको थियो ।

अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको थियो ।